विश्व बैंकको चेतावनी– कोरोजनाले १५ करोड मानिसलाई चरम गरिबीमा पुर्याउँछ
काठमाडौं , असोज २७ । विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ ।
कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आङ्कलन गरेको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबैभन्दा बढी हो ।
विश्व बैंकले हालै सार्वजनिक गरेको ‘गरिबी र साझा समृद्धि रिपोर्ट’ मा यो अवधिमा ९.१ प्रतिशतदेखि ९।४ प्रतिशतसम्म व्यक्ति चरम गरिबीबाट प्रभावित हुने जनाइएको छ ।
अहिले विश्व बैंकले दैनिक १।९ डलरभन्दा कम आम्दानी भएकालाई चरम गरिबको रुपमा व्याख्या गर्ने गरेको छ । महामारी सुरु नभएको समयमा यस्तो गरिबी ७.९ प्रतिशतले घट्ने अनुमान गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्