सुस्ताउँदै सेयर बजार, , नौ अंकले घट्यो , झन्डै २ अर्बको कारोबार

काठमाडौं , असोज २७ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९।४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ ।

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् । मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।हाइड्रोपावर, वित्त कम्पनीसँगै बजारलाई नेतत्व गर्ने बैंक समूहको सूचक घट्दा नेप्से पनि घटेको हो । मंगलबार हाइड्रोपावर समूहको सूचक सवार्धिक २।०४, वित्त कम्पनी समूहको सूचक १।९२ प्रतशत र बैंकिङ समूहको सूचक ०।६१ प्रतिशतले घटेको छ । मंगलबार नेप्सेमा व्यापार उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको सूचक रातो भएको छ ।

चाडपर्व नजिकिँदै गर्दा लगानीकर्ता विस्तरै निष्क्रिय बन्दै गएका छन् । जसले गर्दा नेप्सेमा पनि करेक्सन देखिएको छ भने कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार नेप्सेमा कारोबार रकम २ अर्ब पनि पुग्‍न सकेन । १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३९ हजारको सेयर कारोबार भएको छ ।

चाडपर्व नजिकिएसँगै सेयर बजार सुस्ताउन थालेको छ । बजारमा सक्रिय लगानीकर्ता घट्दै गएका छन् । जसले गर्दा नेप्सेमा कारोबार संख्यासँगै कारोबार रकम पनि घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्