दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ४० करोडको कारोबार
काठमाडौं, असोज २५ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १३.३७ अंकले घटेर १५७६.२७ अंकमा बन्द भएको छ । दोहोरो अंकले घटेको नेप्सेमा करिब साढे दुई अर्बको कारोबार भएको छ ।
नेप्सेमा आइतबार १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर किनेबेच हुँदा २ अर्ब ३९ करोड ५४ लाख ३३ हजारको कारोबार भएको छ । कुल ३७ हजार ५१५ पटकमा उक्त कारोबार भएको हो । दसैं तिहारलगायतका चाड नजिकिँदै गरको र अब दसैं अगाडि लाभांशको लागि कुनै पनि कम्पनीको सेयरधनी दर्ता किता बन्द नहुने भएकोले चाडपर्व लक्षित गर्दै लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हुनसक्ने बजारको जानकाररु बताउँछन् ।
प्रि(ओपनिङ सेसनमा सामान्य बढेको नेप्से बजार खुलेसँग ओरालो लागेको थियो । नेप्से घटेको एक घण्टामा नै ओरालो लागेर पुन अंग्रेजी ‘यू’ आकारमा नै फर्किए पछि १२ बजेपछि पुनस् लगानीकर्ताले खरिदभन्दा बिक्रि बढाउँदा नेप्से दोहोरो अंकले घटेर बन्द भएको हो ।
आइतबार नेप्सेमा वित्त कम्पनीबाहेक सबै समूहको सूचक रातो भएको छ । तर वित्त कम्पनीको सूचक भने २.०८ प्रतिशतले बढेको छ । होटेल समूहको सूचक २.१४ प्रतिशत र हाइड्रोपावर समूहको सूचक १.९८ प्रतिशतले घटेको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.८३ प्रतिशतले घटेको छ । जसले गर्दा नेप्से पनि बैंकिङ समूहको सूचककै हाराहारी ०.८४ प्रतिशतले घटेको हो ।
बजारमा करेक्सन हुँदा लगानीकर्ताको आकर्षण भने हाइड्रोपावरमा कायमै रहेको देखिन्छ । धेरै कारोबर हुने शीर्ष ५ कम्पनीमा नेपाल लाइफपछि हाइड्रोपावर नै रहेका छन् । आइतबार नेप्सेमा नेपाल लाइफको सवार्धिक १० करोड ६ लाख ८५ हजारको कारोबार भएको छ ।
त्यस्तै कारोबार रकममा अपी पावर, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र अरुण काबेली हाइड्रोपावर अगाडि देखिएका छन् । कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको सेयर बजारमा कारोबार भएका १२ मध्ये ११ समूह घटेका छन्।
आज वित्त समूह १७.५ अंकले बढ्नुबाहेक अन्य सबै समूह घटेका हुन्।
प्रतिक्रिया दिनुहोस्