भएन डा. केसी र सरकारी पक्षको वार्तामा सहमति, शशक्त आन्दोलनको तयारी
काठमाडौं, असोज २४ । सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य प्रति सरकारले गम्भिर नभएको पाइएको छ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्षबीचको शुक्रबार अबेर राति भएको वार्तामा कुनै सहमति बन्न सकेन ।
आमरण अनसनको २६ औं दिन आमरण अनसनको २६ औं दिन सरकारी वार्ताटोली र डा.केसी पक्षधरविच लगभग सहमति भइसकेको अवस्थामा एकाएक माहौल फेरीयो ।डा। केसी पक्ष दिनभर वार्ताका लागि कुरिरहेपनि सरकारी पक्षले आलटाल गर्दा अबेर मात्र दुई पक्षबीच वार्ता भएको थियो । तर त्यो वार्तामा पनि सहमति बन्न सकेन् ।शिक्षामन्त्रीले सहमतिका बुँदाहरुमा केही संसोधन गरेर आफैं भागिदिए ।
डा। गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता एकाएक भाँडिनुमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको हात रहेको छ ।सरकारले गठन गरेको वार्ता समिति र डा। केसीको वार्ता टोलीबीच शुक्रबार अबेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी टोली अनुदार देखिएकोले वार्ता विफल भएको बताइएको छ । यसअघि बिहिबार भएको वार्तामा सहमति नजिक पुगिएको थियो ।
डा। केसी पक्षका वार्ता टोली संयोजक डा। जीवन क्षेत्रीले सरकारी टोली डा। केसीसँग सहमति गरी शुक्रबार राति नै डा। केसीको अनशन तोडाउने तयारी असफल भएको बताएका छन् ।केसी पक्षले सरकार आलटाल गरेर डा। केसीको स्वास्थ्य जोखिममा पार्न चाहिरहेको आरोप लगाएका छन् ।
सरकारी वार्ता टोलीले भने डा। केसीको गिर्दो स्वास्थ्य अवस्थाबारे जानकार रहेको र संवेदनशील भएर वार्ता भइरहेको भन्दै सहमति हुने उल्लेख गरेको छ । यसैबीच दुई पक्षबीचको संवाद निष्कर्षहीन हुँदा उता डा। केसीको स्वास्थ्य अवस्था भने निकै गम्भीर भएको छ । उनको मुटुमै समस्या देखिन थालेको भन्दै चिकित्सकहरुले हृदयाघातको त्रास बढेको बताएका छन् ।
यतायता डा। केसीको पक्षमा रहेका सोलिडारिटी फर डा।केसी, नेपाल चिकित्सक संघ, विवेकशील नेपाली दल लगायतले सरकारी रबैयाको चर्को विरोध गर्दै शशक्त आन्दोलन गर्ने भएका छन् । डा। क्षेत्रीले आफुहरु अझै वार्ताबाट नभागेको बताउँदै आन्दोलनलाई पनि अझ शशक्त पार्ने जनाएका छन् ।जुम्लाबाट सत्याग्रह थाल्नु भएका डा। केसी ६ बुँदे मागसहित २७ दिनदेखि अनशनरत छन् ।
प्रतिक्रिया दिनुहोस्