नेप्से दोहोरो अंकले घट्यो, करिब ३ अर्बको कारोबार

काठमाडौं , असोज २२ । साताको अन्तिम कारोबार दिन सेयर बजर परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बुधबार १६०० अंकमाथि पुगे पनि आज नेप्से ११।३४ अंकले करेक्सन हुँदा १५८९.६४ अंकमा बन्द भएको छ । नेप्से सूचक बिहीबार ११.३४ अंकले घटेर १५८९.६३ विन्दुमा अडिएको छ ।

नेप्सेमा करेक्सन हुँदा पनि कारोबार रकम भने करिब ३ अर्ब पुगेको छ । आज नेप्सेमा १९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड ५० लाख ५८ हजारको सेयर कारोबार भएको छ ।

१ करोड ११ लाख ६४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो । सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार बजार सूचक केही दबाबमा परेको देखिन्छ । यसअघि बढेका अधिकांश सेयरहरुको मूल्यमा करेक्सन आएको छ ।

वाणिज्य बैंक समूह पनि दबाबमै परेको देखिन्छ । सबैभन्दा धेरै निर्जीवन समूह ७४.३१ अंकले घटेको छ । पछिल्लो समय उछाल आएको जलविद्युत कम्पनीमा साताको अन्तिम कारोबार ९बिहिबार०मा भने ४४.५७ अंकले घटेको छ । केही दिनेयता लगातार बढेको हाइड्रोपावर समूहको सूचक आज सबैभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्