सुशान्त सिंह आत्महत्या प्रकरण: प्रेमिका रिया एक महिनापछि हिरासतमुक्त
काठमाडौं, असोज २१ । बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५स्३० बजे भायखला जेलबाट रिहा भएकी हुन् ।
बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन । तर सुशान्तका घरका कामदार दीपेश सावन्त र म्यानेजर साम्युएल मिरान्डालाई भने रियासँगै जमानत दिएको हो ।
खबरका अनुसार सोविकको लागुऔषध च्याटम्यासेजमा एनसीबीले अझै अनुसन्धान गरिरहेको छ । तर रियासँग एनसीबीले लागुऔषध बरामद नगरेकोले उनलाई जमानत दिएको हो ।
सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधबाट अनुसन्धान गरिरहेको एनसीबीले रियालाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।
रियालाई १ लाख ९नीजी बोन्ड० धरौटीमा जमानत दिएको हो । धरौटीको रकम बुझाउनका लागि रियाका वकिल सतीश मानसिन्देले अदालतसँग एकमहिनाको समयको माग गरेको छ । यस्तोमा रिया अहिले नै जेलबाट बाहिरी नहाल्ने हो की भन्ने आशंका गरिएको छ ।
हिजोमात्रै रिया र सोविक लगायत अन्य आरोपीलाई १४ दिन म्याद थप गर्दै २० अक्टोबरसम्म जेलमा राख्न निर्देशन दिएको थियो । तल्लो अदालतले दुई पटक रियाको जमानत याचिका खारेज गरिसकेको थियो । –
यता हाल सुशान्त सिंह राजपुतको विषयमा भारतका तीन मुख्य अनुसन्धान एजेन्सीले अनुसन्धान गरिहेका छन्।पैसाको लेनदेनको विषयमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणको विषयमा सीबीआई तथा लागुऔषधको विषयमा एनसीबीले अध्ययन गरिरहेको हो।
प्रतिक्रिया दिनुहोस्