डा. केसीको अवस्था थप नाजुक बन्दै, स्वास फेर्नै गाह्रो

.
काठमाडौं , असोज १९ । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गइरहेको छ । सरकारले डा। केसीसँग वार्ताको कुनै तयारी थालेको छैन भने चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि केसीले अस्वीकार गर्दै आएका छन् ।

आइतबार दिउँसो ११ बजेबाट केसीलाई स्वास फेर्न गाह्रो भइरहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अनुसार उनलाई फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको छ ।सास फेर्न गाह्रो भएको बेला एसपी ओटू ९अक्सिजनको स्तर० घटेर ९०–९१ प्रतिशत भएपछि अक्सिजन दिन थालिएको हो ।

१९औं सत्याग्रहमा रहेका डा। केसीको बीचबीचमा मुटुको तीव्र धड्कन हुने समस्या देखिएको छ । छाती, मांसपेशी दुख्ने र बाउँडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढेका छन् ।

उनको रगतमा सुगरको मात्र पनि निकै कम रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सिरम इलेक्ट्रोलाइट्स ९सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस० कमी देखिएको छ । डा। केसीले ‘इलेक्ट्रोलाइट्स रिप्लेसमेन्ट’ लगायतका अन्य तरल पदार्थ लिन अस्वीकार गरेका छन् ।

उनको रगतमा सेता रक्त कणिकाको संख्यासमेत कम भएकाले संक्रमणसम्बन्धी जोखिम उच्च छ । शरीरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुँदा मुटुको चालमा, सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर परी होस कम, छारे हुन सक्नेभन्दै उपचारमा संलग्न चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्