‘विश्व कुष्ठरोग दिवसका अवसरमा विभिन्न कार्यक्रम हुदै’

काठमाडौं, – आज विश्व कुष्ठरोग दिवस, विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाइँदै छ । सन् १९५४ बाट मनाउन थालिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाउँने गरिन्छ ।

नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती रहेको छ ।
कुष्ठरोग बहुऔषधी उपचार विधिबाट निको हुने रोग हो ।

यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी रहेको छ । नेपाल कुष्ठरोग निवारण संघ विगत ४७ वर्षदेखि नेपालमा कुष्ठरोग नियन्त्रण, निवारण र न्यूनीकरण अभियानमा संलग्न रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्