कोरोना संक्रमित १३५१ जना थपिए, मृत्यु हुनेको संख्या ४८१ जना पुग्यो

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभि– १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन् । यी सहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्