७५८ वडा सहित ४० स्थानीय तहको मतपरिणाम सार्वजनिक
काठमाडौं । असोज २ गते तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त जानकारी अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र ८, राष्ट्रिय जनता दल नेपाल ६, नेकपा एमाले ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलका १ जना उम्मेदवार विजयी भएका छन् ।
अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ताले जानकारी दिए ।
मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये न्युन स्थानहरुमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको छ, अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्