समाज लघुवित्त आईपिओ सूचिकृत नहुँदै मर्जरमा
काठमाडौं, ६ असोज । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपिओ धितोपत्र बजारमा सूचिकृत नहुँदै मर्जरमा जाने निर्णय भएको छ ।
सोमबार समाज लघुवित्त वित्तिय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी प्रमुखको संयुक्त बैठकले एक आपसमा मर्जरमा जाने निर्णय गरेको हो ।
मर्जरपछि संस्थाको नाम स्वस्तिक समाज लघुवित्त वित्तिय संस्था लिमिटेड हुने भएको छ । साथै बैठकले मर्जरपछि संस्थाको अध्यक्ष हाल स्वस्तिकका अध्यक्ष सत्यनारायण झा हुने र प्रमुख कार्यकारी अधिकृत भने हाल समाज लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोरी महतो नै हुने सैद्धान्तिक सहमती भएको छ ।
यस्तै सञ्चालक समितिमा दुबै कम्पनीका दुई/दुई जनाको समान हैसियत रहने सहमती भएको छ । संस्थाको दर्ता/पान र लोगो समाजको रहने निर्णय समेत गरेको छ । अब कम्पनीको कार्यालय भने समाज र स्वस्तिक दुबैको प्रधान कार्यालय उपयुक्त स्थानमा नभएकाले बर्दिवासमा रहने समाजका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले बताए ।
समाजले सर्वसाधारणमा जारी गरेको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा आउँदो बिहिबार कम्पनीको शेयर सूचीकृत हुने प्रमुख महतोले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्