सार्क शिखर सम्मेलन सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठक सकारात्मक

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्कं)को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन गएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।

नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको स्रोतले जानकारी दियो ।

सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै ठोस निर्णय भने भएको छैन ।
परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्