शेयर बजारमा सामान्य सुधार, बैंकको सेयरतिर लगानीकर्ता आकर्षित
काठमाडौं, असोज ४ । साताको पहिलो दिन आइतबार शेयर बजार ३ अंकले बढेर बन्द भएको छ ।आइतबार उतारचढावबीच बजार परिसूचक नेप्से ३ अंकले बढेर १५ सय ७५ पुगेको छ । पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरु वाणिज्य बैंकको सेयरतिर आकर्षित भएका छन् । यसअघि होटेल र हाइड्रोतिर मोडिएका लगानीकर्ता आइतबार बैंकतर्फ लागेका हुन् ।
विकास बैंक र फाइनान्स कम्पनीहरुको सूचक पनि बढेको छ । होटेल र हाइड्रोपावर समूहमा भने करेक्सन आएको छ । बिमा कम्पनीहरुमा पनि करेक्सन देखिएको छ । पछिल्ला दिनहरुमा लगानीकर्ताहरु सेक्टर परिवर्तन गर्दै कारोबार गरिरहेको देखिन्छ । खरिदबिक्रीमा राम्रो माहोल देखिएको छ । सूचक पनि सकारात्मक बनेको छ ।
आइतबार होटल समुह सबैभन्दा उच्च ९६ अंकले ओरालो लाग्दा नीर्जिबन बिमा समुह ७० अंक र जीवन बिमा ५६ अंकले ओर्लियो ।वित्त समुह, होटल र वाणिज्य बैंक समुह क्रमशः दोहोरो अंकले उकालो लागे ।आइतबार ७० कम्पनीको शेयरमुल्य उकालो लाग्दा ९० कम्पनीको घट्योे भने ७ कम्पनीको शेयर मुल्य स्थिर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८८ कम्पनीको ९२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ७४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।जार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरु थपिएका छन् । आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्