यौनशक्ति बढाउने महत्त्वपूर्ण तरिका

यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बन्न पुगेको छ । तनावपूर्ण जीवनशैली,अव्यवस्थित खानपान लगायतका कारण यस्ता समस्या आउने गरेका छन् ।

त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईँले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्त्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् । यौनशक्ति बढाउने केही महत्त्वपूर्ण तरिकाहरू :

१) चिन्तामुक्त रहने
के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महसुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मुड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ ।

२) सक्रिय रहनुस्
यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईँलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईँको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसँग हुन्छ ।

३) आफूलाई सीमितमा नबाँध्नुस्
हप्तामा एक पटक, महिनामा एक पटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईँको स्टामिना बनाउन सकिन्छ ।

४)लुब्रिकेशनको प्रयोग
‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कन्डम प्रयोग गर्छन्, उनीहरू बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।

५) रक्सीबाट टाढै रहनुस्
यदि तपाईँ सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।

६) खानामा प्रोटिन समावेश गर्नुस्
प्रोटिनको मात्रा बढी भएको खाना खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटिन पाइन्छ ।

७) सन्तुलित आहारा खानुस्
यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।

प्रतिक्रिया दिनुहोस्