नेप्से ३० अंकले आकाशियो, सेयरबजारमा ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौं, असोज १ । सेयर बजार परिसूचक नेप्सेमा तीव्र उछाल आएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३०.८१ अंकले बढ्दा १ हजार ५ सय ७२ अंकमा पुगेको हो ।
साताको अन्तिम कारोबार दिन नेप्से ३०.७८ अंकले आकाशिएको छ। लामो दूरीको सार्वजनिक यातायात खुलेको दिन सेयरबजारमा झण्डै चार अर्बको सेयर खरिदबिक्री भएको हो।
आज कुल १ सय ९१ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज ५३ हजार २ सय ४० पटक खरिदबिक्री भएको थियो भने १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
आज सबै १२ समूहको सेयर कारोबार सूचक हरियो छ भने होटल, विकास बैंक र जलविद्युत् समूहको सूचक उच्च अंकले बढेको छ।
आजको कारोबारमा चारवटा कम्पनीहरुको सेयर १० प्रतिशतभन्दा बढीले बढेको छ। सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। उसको १४ करोडको, नेपाल बैंकको १२ करोडको उच्च कारोबार भएको छ।
बिहीबारको बजारमा निर्जीवन बीमाबाहेक सबै क्षेत्रमा सुधार देखिए पनि होटल क्षेत्र, हाइड्रोपावर क्षेत्र र फाइनान्स कम्पनीहरुको सेयरमा निकै ठूलो उछाल आएको छ । ४ वटा होटलहरु रहेको होटल क्षेत्रमा ४ वटै सेयरहरु सकारात्मक सर्किट लागेर बन्द भएका छन् । हाइड्रोपावरमा ७।३६ प्रतिशत तथा फाइनान्स कम्पनीको सेयरमा ६।१३ प्रतिशतको वृद्धि देखिएको हो ।
१ सय ७० वटा सेयर स्क्रिपहरुको कारोबार भएको बिहीबारको बजारमा १ सय ४१ वटाको सेयरमूल्य बढ्दा ४५ वटा सेयरको मूल्य ९ प्रतिशत भन्दा बढी छ । यसमध्ये धेरैजसो होटल हाइड्रो र फाइनान्स क्षेत्रकै सेयर छन् । म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी लगायतका सेयर भने यो दिन गुमाउने सूचीमा परेका छन् ।
आज कम्पनीहरुको ६।७३ प्रतिशतसम्म सर्वाधिक सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।निषेधाज्ञा खुला भएर आन्तरिक र बाह्य उडान र यातायात समेत सुचारु हुने भएपछि होटल क्षेत्रमा उत्साह देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्