पाँच अंकले बढ्यो नेप्से, सवा दुई करोडको कारोबार
काठमाडौं, भदौ ३१ । आज बुधबार सेयर बजार नेप्से परिसूचक ५ दशमलव ३६ अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक १५४१ दशमलव ४० अंकमा पुगेर बन्द भएको छ।
सामान्य अंकले सुधारिएको सेयर बजारमा आज ६३ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री भएको छ। यसक्रममा १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।आज नेप्से परिसूचकमा सबैजसो समूहमा सुधार आएको छ। तर, कारोबार भएका १२ समूहमध्ये बैंक समूह ४ दशमलव ५८ अंकले घटेको छ।
बैंकबाहेक होटल र जीवन बीमा समूह सबैभन्दा बढी बढेको छ। होटल समूह सबैभन्दा बढी १४२, जीवन बीमा ७२, जलविद्युत ५४ अंकले सुधार भएको छ।
परिसूचक सामान्य अंकले सुधार आएको दिन आज सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।
सिनर्जीको सेयर आज १५ अंकले उचालिएको छ।
प्रतिक्रिया दिनुहोस्