काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना

काठमाडौं, २९ काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाको अवधिमा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्