विदेशमन्त्री स्वराजको भ्रमणले नेपाली राजनीतिमा तरंग, बाम एकता समेत प्रभावित

 

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् ।
उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताई रहंदा नेपाली राजनीतिमा भने विभिन्न टिका टिप्पणी हुन थालेकोछ ।
नेपालको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन, नयाँ मन्त्री मण्डलको गठन, एमाले र माओवादी केन्द्रबिचको पार्टी एकिकरण लगायत कार्य भईरहेका बेला भारतीय विदेशमन्त्री स्वराजको यो भ्रमणले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको हो ।
भारतीय विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणलाई स्वगत गर्दै एमाले अध्यक्षले होटल सोल्टिमा गरेको रात्री भोजले अध्यक्ष ओलीको राष्ट्रवाद माथी समेत प्रश्न उठेको छ । यसले गर्दा तत्काल पार्टी एकता नहुने निश्कर्षमा वाम गठबन्धनका नेताद्धय ओली र प्रचण्ड पुगेको उच्च स्रोतको दाबी छ । दुई पार्टीका शीर्ष नेताहरुले दिएको जानकारी अनुसार पार्टी एकताको लागि अहिले नीति र नेतृत्वमा नै विवाद छ। ओली निकट उच्च स्रोतले भन्यो,‘अध्यक्ष ओली अहिले सितिमिति अध्यक्ष छोड्ने पक्षमा हुनुुन्न्, त्यसैले एकतामा ढिलाई भैरहेको छ।’ यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष नपाए एकतामा गैहाल्ने पक्षमा छैनन् ।

यसो हुँदा अब बन्ने सरकारको नेतृत्वमा मात्रै विवाद नभएर राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदमा पनि ठूलो झगडा हुने बुझिएको छ । जनताले वाम गठबन्धनको पक्षमा मत दिएकोले अहिले दुवै नेता चुनावमा गरेका प्रतिबद्धताबाट ब्याक हुने अवस्थामा छैनन् । यसर्थ, प्रचण्डले ओलीलाई बाहिर बसेर समर्थन गर्ने संभावना पनि बलियो छ ।

नियमित स्वास्थ्य चेकजाँच गर्न बैंकक गएका ओली एक साता बसेर नेपाल फर्किए । बैंककबाट स्वदेश फर्किएपछि ओली निकै ढुक्क छन् । झन्, हिजो भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमणपछि उनी झनै उत्साहित बनेका छन् । स्रोतले भन्यो,‘एमाले अध्यक्ष ओली अहिले धेरै उत्साहित बनेका छन्, प्रधानमन्त्रीमा अब आफ्नो विकल्प नभएको महशुस गरिरहनुभएको छ, उहाँ प्रधानमन्त्री बन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ, किनकी जनमत पनि उहाँकै पक्षमा छ।’

ओली ढुक्क हुनुका पछाडि मधेशवादी दल हुन् । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीसँग निकट हुनु हो । यसमा कसको के कति हात छ भन्ने कुरा ? पछि नै थाहा होला ।

यता एमालेबाहेक कांग्रेस, माओवादीले सरकार बनाउन चाहेपनि त्यसको लागि उपेन्द्रको सहयोग अनिवार्य छ । हुन त यो वीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई ढुक्कले पाँच वर्ष सरकार चलाउन अफर गरेको कुरा आएको थियो । स्वयम् प्रचण्डले पनि यो अफरबारे सार्वजनिक गरेका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्नकोलागि राजपा र फोरमको पनि साथ र सहयोग अनिवार्य हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्