औषधि विभागले गर्‍यो यी पाँच स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन

काठमाडौं , भदौ २७ । विषाक्त रसायन प्रयोग गरेको फेला पारेपछि औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ ।

ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको विभागले जनाएको छ । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त पदार्थ मिसाइएको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ ।विभागले काठमाडौंका चार कम्पनी र भक्तपुरको एक कम्पनीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको हो ।

विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग ९भक्तपुर०ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि ९काठमाडौं०ले उतपादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधर केमिकल एण्ड फूड इन्डस्ट्रीज ९काठमाडौं०ले उत्पादन गरेको एडभान्स हेन्ड सेनिटाइजर, सर्च केम कम हर्वल प्रोडक्टस ९काठमाडौं०ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखि हर्वल प्रोडक्टस ९काठमाडौं०ले उत्पादन गर्ने सूर्यमुखि ह्याण्ड सेनिटाइजर कम्पनीले उत्पादन गरेको सेनिटाइजरमा विषाक्त पदार्थ मिसाइको कारण कारवाही लागि पत्रचार गरिएको औषधि व्यवस्था विभागका प्रशासक नवीन मैनालीले बताए ।

उनका अनुसार ती कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन ‘मिथानोल’ समावेश भएको पाइएको थियो । उक्त रसायनले स्वास्थ्यमा गम्भीर असर गर्नेछ ।सार्वजनिक सूचना निकालेरै विभागले मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणसँग अपील गरेको छ ।

स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक लगाएको सूचनामा उल्लेख छ ।राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो ।

विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर बनाउनेमा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल छन् ।

यसैगरी, काठमाडौंकै आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्