भारतीय परराष्ट्रमन्त्री स्वराजको भेट को को संग ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहकी भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले
आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
बिहिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेशवादी राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन परिणाममा सम्मानजनक हैसियत बनाएको भन्दै बधाई दिएकी छन् । यस भेटले मधेशवादी दलहरुलाई आफ्नो पकड राख्नमा केन्द्रित भएको प्रमाणित भएकोछ । बिना निम्तो र बिना योजना भएको यो भ्रमणले नेपाली राजनीतिमा चर्चा र बहसको विषय बनेको छ ।
भेटको क्रममा स्वराजले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डललाई दुई नम्बर प्रदेशमा मधेशवादी दलले सम्मानजनक नतिजा ल्याएको र केन्द्रमा पनि सन्तोषजनक नतिजा ल्याएकोमा बधाई दिएकी छन् । दुई नम्बर प्रदेशमा सरकार बनाउन सुझाव दिदै स्वराजले प्रादेशिक सरकारसँग पनि आफूहरू काम गर्न तयार रहेको बताइन् ।

राजपा अध्यक्ष मण्डलसँग स्वराजले आधा घण्टा छलफल गरेकी थिइन । अध्यक्ष मण्डलसँग उनले यो भेट शिष्टाचार भेट रहेको स्वराजले बताएकी थिइन ।

स्वराज सँगै नेपाल आएका भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पनि स्वराजले मधेसवादी पार्टीलाई चुनावको नतिजाका लागि बधाई दिए । राजपाका नेताहरुसँग दुई देशको मित्रता र सहकार्य गरी अघि बढ्ने भन्ने कुरामा छलफल थियो ।  स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

स्वराज बिहिबार ३ बजे भारतीय सेनाको विशेष विमानबाट नेपाल आईपुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्