रोकिएको सेयरबजार खुल्यो , ५ बजेसम्म कारोबार गर्न सकिने
काठमाडौं , भदौ २५ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण रोकिएको सेयर बजार पुन: सुरु भएको छ । २:१५ बाट सुरु भएको बजार ५ बजेसम्म सञ्चालन हुने नेप्सेले जनाएको छ ।
कारोबार व्यवस्थापन प्रणालीमा समस्या दखिएपछि कारोबार खुलेको एक घण्टा नबित्दै बन्द भएको बजार उक्त समस्या समाधान भएसँगै पुन: नियमित सुरु भएको हो ।
ब्रोकरहरुको नेप्सेसँगको डाइरेक्ट नेटवर्क एक्सिसमा समस्या देखिँदा कारोबार बन्द गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताएका थिए । “डाइरेक्ट नेटवर्क एक्सिसमा समस्या देखिँदा ब्रोकरहरुले अर्डर हाल्न सकेनन् भने टीएमएसको युजर आईडी र पासवर्ड लिएका ब्रोकरका ग्राहकले पनि अर्डर हाल्न सकेकन्,” उनले भने, “ब्रोकरको डाइरेक्ट नेटवर्क एक्सिस हुन नसक्दा नेप्सेसँग सम्बन्ध टुट्न पुग्यो जसले गर्दा सेयर कारोबार रोक्का गर्नुपर्यो ।”
अब उक्त समस्या समाधान भइसकेकाले पुन: कारोबार सुरु भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्