भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्च राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं । दुई दिने नेपाल भ्रमणको शिलसिलामा नेपाल आउनु भएका भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्च राजनीतिक भेटघाटमा व्यस्त भएकी छन् । २०१४ मा विदेश मन्त्री बनेपछि स्वराज सातौं पटक नेपाल आएकी हुन्। मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएर वाम गठबन्धनले बहुमत ल्याएपछि भने उनले पहिलो पटक नेपाल भ्रमण गर्दै छन् ।
नेकपा एमालेले स्वराजको सम्मानमा आज रात्रीभोज आयोजना गरेको छ । होटल सोल्टीमा हुने रात्रीभोजका क्रममै एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेट हुने एमाले पार्टी स्रतले जनाएकोछ ।

स्वराजले राजपाका नेताहरुसँग पनि राति आठ बजे सोल्टी होटलमै भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सप्तरीमा रहेका यादव स्वराजसँगको भेटका लागि काठमाडौं आउँदैछन्। स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेट गर्ने्छिन्।

बिहान १२ बजे स्वराज राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्ने र राष्ट्रपतिसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने छिन्। स्वराजले भोलि नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्