शेयर बजारमा उल्लेख्य सुधार, नेप्से परिसुचक १५.८ विन्दुमा

काठमाडौं, २४ भदौ । साताको चौथो दिन सेयर बजारमा वृद्धि भएको छ । साताको दिन दिन केहि बजारमा सामान्य करेक्सनपछि आज उच्च वृद्धि भएको हो ।
बुधबार बिमा र लघुवित्त कम्पनीहरुमा लगानी कर्ता आकर्षित भएका छन् । नेप्से सूचक बुधबार १३.०५ अंकले बढेर १५.८ विन्दुमा आइपुगेको छ । १९४ कम्पनीको २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएको छ । ।तर बैंकिङ र विकास बैंक तर्फको भने वृद्धि भएन । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २६१.८१ अंकले बढेको छ ।

तर बजारमा उत्साह बढिरहँदा सर्वसाधारण लगानीकर्ताले भने सम्बद्ध कम्पनीको वित्तीय सूचकहरु अध्ययन गर्नुपर्छ । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको सामान्य नियम नै हो । प्रमुख पक्ष भनेको लगानी गरिने कम्पनीको गहन अध्ययन नै हो । अध्यनख गरेर लगानी दर्गा डुब्ने संभावना कम हुन्छ । कमाउन पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्