साताको तेस्रो दिन नेप्से सात अंकले बढ्यो, एक अर्ब ७९ करोडको सेयर किनबेच

काठमाडौं , भदौ २३ । नेप्सेमा करेक्सन देखिएको छ ।अघिल्लो दुई दिन घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार सात दसमलव ३५ अंकले बढेर १४ सय ९५ दसमलव १५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले बढेर दुुई सय ९९ दसमलव ४७ बिन्दुमा चढेको छ ।

एक सय ९० कम्पनीहरुको २३ हजार दुई सय ९७ वटा कारोवारमा ४१ लाख ८० हजार आठ सय १६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये बाँणिज्य बैंक र होटल समुहको सुचक पनि सामान्य अंकले घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बिकास बैंक समुहको सुचक सात दसमलव चार अंकले बढेर १७ सय ५१ दसमलव ८३ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७३ दसमलव ४३ अंकले बढेर सात हजार चार सय ७४ दसमलव ३६ बिन्दुमा चढेको छ । जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसनको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९९ पैसाले बढेर तीन हजार तीन सय ९० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८६ पैसाले घटेर तीन सय ९३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारको आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता आठ सय ५९ रुपैयाँ अन्तिम मुल्यमा २७ करोड ५३ लाख ३९ हजार नौ सय ६७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्