आधारभूत शिक्षा विकासका लागि नेपाललाई विश्व बैंकले सवा अर्ब अनुदान दिने

काठमाडौं, भदौ २३ । कोरोना भाइरस संक्रमणबीच आधारभूत शिक्षा विकासका लागि विश्व बैंकले नेपाललाई १ करोड ८ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब २७ करोड रुपैयाँ)अनुदान दिएको छ।

यो अनुदानका लागि केही दिनअघि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको हो।

महामारीबीच आधारभूत शिक्षाको पहुँच कायम गर्न र बालबालिकाको शिक्षाको निरन्तरताका लागि यो रकम खर्च हुनेछ। यो रकम शिक्षा क्षेत्र विकास कार्यक्रमअन्र्तगत हो।

यो सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फरिस हदद–जर्भोसले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्