काँग्रेस कार्यकर्ताको आक्रमणबाट राजपा कार्यकर्ताको मृत्युु
काठमाडौं । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।
काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।
बुुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको भन्ने विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुुटा यादव, अनुुठा यादव र बैजुु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ । वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्