कोरोना प्रभावः भारतको अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चियो
काठमार्डौं, भदौ १६ । कोरोनाको महामारीले छिमेकी देश भारतको अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चिएको छ ।कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउनका कारण उपभोक्ताको खर्च तथा लगानी कटौती गरेपछि सन् २०२० को दोस्रो त्रैमासमा अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको हो ।
भारतको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार भारतको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ, जुन अहिलेसम्मकै ठूलो गिरावट हो ।
जुनसम्मको तथ्यांकअनुसार भारतीय अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधीको भन्दा २३.९ प्रतिशतले खुम्चिएको छ । भारतले सार्वजनिक गरेको तथ्यांकअनुसार संसारको पाँचौं ठूलो अर्थतन्त्र अपेक्षा गरेभन्दा खराब बनेको हो । कोरोनाभाइरसका कारण संसारको जुनकुनै अर्थतन्त्रको तुलनामा भारतमा सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।सरकारले सोमबार प्रकाशित गरेको प्रतिवेदनमा लकडाउनका कारण धेरै उद्योगधन्दाहरु बन्द रहनाले अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख छ ।
सार्वजनिक तथ्यांकअनुसार लगानी अघिल्लो वर्षको जुनसम्मको तुलनामा ४७ प्रतिशतले घटेको छ । जबकि घरायसी उपभोग २७ प्रतिशतले घटेको छ । सरकारी उपभोग १६ प्रतिशतले बढे पनि अर्थतन्त्रको तीव्र गिरावटमा पर्याप्त नभएको हो । भारत तीव्र गतिमा विस्तार हुँदै गरेको संसारको सबैन्दा ठूलो अर्थतन्त्र हो । भारतमा ३६ लाखभन्दा बढीमा कोभिड–१९ रोग पुष्टि भइसकेको छ ।
त्यहाँ कोरोनाबाट ज्यान गुमाउने संख्या ६५ हजार छ ।भारतले सन् १९९६ देखि त्रैमासिक प्रतिवेदन प्रकाशित गर्न थालेयता अर्थतन्त्रको यति खराब चित्र पहिलोपटक देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यता कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकारले २० लाख करोडको ‘आत्मनिर्भर भारत’ नामक प्याकेज घोषणा गरेको थियो । तर यसले खासै अर्थतन्त्रको संकटमोचन गर्न नसक्ने टिप्पणी गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्