जीवन विकास, सल्भ र गरिबी लघुवित्त मर्जर, एकीकृत कारोबार भदौ २२ देखि
काठमाडौं, १४ भदौ । जीवन विकास, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेका छन्।
यी सबै लघुवित्तहरुको छुट्टाछुट्टै विशेष साधारण सभाले गाभ्ने(गाभिने प्रस्ताव पारित गरेपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो ।
तीनवटै लघुवित्तले नेपाल राष्ट्र बैंकबाट गत साउन २६ मा एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्राप्त गरेका थिए भने कम्पनी रजिष्ट्रारको कार्यालयले पनि एकिकृत कारोवारको लागि स्वीकृति दिइसकेको छ ।
एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकाले भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जीवन विकासले जनाएको छ । हालसम्म यी तीन लघुवित्तमध्ये कुनैले पनि आइपीओ जारी गरेका छैनन्। ।
एकिकृत पछिको जीवन विकास लघुवित्तको केन्द्रिय कार्यालय कटहरी २, मोरङमा रहने छ । तीन लघुवित्त गाभिएपछि चुक्ता पुँजी १९ करोड ६० लाख पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्