सरकारलाई चिकित्सक संघले भन्यो- ‘डा. केसीप्रति भएको गैरमानवीय कार्य रोक्नु’, हिंडडुल गर्न किन रोकेको ? 

काठमाडौं , भदौ १३ । नेपाल चिकित्सक संघले डा। गोविन्द केसीलाई सुरक्षाकर्मी प्रयोग गरी रोकिएको घटनाबारे धारणा सार्वजनिक गरेको छ ।

‘नेपाल चिकित्सक संघका आजीवन सदस्य डा। गोविन्द केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिंडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा। बद्री रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

डा केसी बसिरहेका जुम्लास्थित होटल रोयल गार्डेनबाट बाहिर निस्कँदा शुक्रबार उनलाई प्रहरीले अवरोध गरेका थिए । स्थानीय सरकारको आदेशमा आफूहरुले डा। केसीलाई रोकेको प्रहरीले बताएका छन् । नेपाल चिकित्सक संघले डा। गोविन्द केसीजस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई घेरामा राख्ने, हिँड्न नदिनेलगायतका कार्य तत्काल रोक्न सरकारसँग माग पनि गरेको छ ।

संघले डा। केसीलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिनेजस्ता अस्वाभाविक र गैरमानवीय कार्य भएकोले तत्काल रोक्न सरकारसँग माग गरेको हो ।

संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा संघका आजीवन रहेका डा। केसी आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

चिकित्सा शिषा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा। गोविन्द केसी कोभिड(१९ कव संक्रमणको समयमा समेत नेपालको अत्यन्तै दुर्गम स्थानमा गई त्यहाँका जनतालाई निरन्तर स्वास्थ्य सेवा दिइरहेको संघले उल्लेख गरेको छ ।

उनले चिकित्सकीय धर्म निर्वाह गरिरहेको र यस्तो मानवीय कार्यमा संलग्न चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिंडडुल गर्न नदिने, नागरिकसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय काम गरिएको संघले जनाएको छ ।

नेपाल चिकित्सक संघले यस्तो अस्वभाविक र गैरमानवीय काम तत्काल रोक्न सरकारसँग माग गरेको छ ।डा। केसीले चिकित्सा शिक्षा सुधारलगायतका विषयलाई उठाएर पटक–पटक अनशन बस्दै आएका छन् । तर राज्यले उनको माग सम्बोधन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्