उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

काठमाडौं, भदौ १२ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि उपप्रधान तथा रक्षामन्त्री होम आइसोलेसनमा बसेका न्।

सीसीएमसीको बैठकमा चिया लैजाने एक जनामा संक्रमण पुष्टि भएपछि मन्त्रीद्वय घरमै बसेको सचिवालय स्रोतले बताएको छ ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ।

भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्