सेयर बजारमा उत्साह कायमै, २१ अंकले बढ्यो नेप्से, २ अर्ब ६६ करोडको कारोबार

काठमाडौं , भदौ १० । यो साता शेयर बजार निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । आज साताको चौथो दिन बुधबार पनि सेयर बजारमा उत्साह कायमै छ । यो साता आइतबारदेखि नै बढेको सेयर बजार बुधबार चौथो दिन पनि बढेको छ ।कोरोना महामारीका कारण वित्तीय क्षेत्र वाहेक अन्य क्षेत्रको जनजीवन अस्तव्यस्थ रहेको अवस्थामा शेयर बजार भने निरन्तर गति लिने क्रममा रहेको छ ।

घरभित्र सिमित जनजीवनलाई घरभित्रैबाट कारोबार गर्ने वातावरण मिलाएको कारण शेयर बजारले गति लिएको हो । मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार भने करिब २ अर्ब६६ करोडको कारोबार भएको छ ।बुधबार बजार परिसूचक नेप्से २१।१० अंकले वृद्धि भएर १४६२।०३ अंकमा बन्द भएको छ । बजारमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ६१ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार खुलेसँगै बढ्न सुरु भएको नेप्से लगाता उकालो लागेको थियो । नेप्सेले २ बजेर १६ मिनेटमा आजको उच्च बिन्दु १४६८ अंक सम्म पुगेको थियो । त्यसपछि भने बजार केही घटेर भएर बन्द भएको हो ।यो साता लगातार पुनर्बिमा कम्पनीको सेयर सर्वाधिक कारोबार हुँदै आएको छ । लगानीकर्ता बुधबार पनि नेपाल पुनर्बिमा कम्पनीमा झुम्मिएका छन् । कम्पनीको सेयर बुधबार ३४ करोड ९२ लाख ५५ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र सुर्या लाइफ इन्स्यारेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये एनआरएन इन्फ्रास्टक्च एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेर बन्द भएको छ । मंगलबार नेप्सेमा सुचिकृत भएर बुधबारबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा पहिलो दिनमा नै पोजेटिभ सर्किट लागेको हो ।

यस्तै नेपाल फाइनान्सका लगानीकर्ताले ७.४७ प्रतिशत नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले ५.९५ प्रतिशत, स्वाधिमान लघुवित्तका लगानीकर्ताले ५.३५ प्रतिशत र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् ।

यस्तै २० अंकभन्दा बढीले बढेको बजारमा पनि समृद्धि फाइनान्सको सेयर मुल्यमा भने नेगेटिभ सर्किट लागेको छ । सर्वाधिक गुमाउने शीर्ष ५ कम्पनीमा गुह्यश्वरी मर्चेन्ट बैंकिङ एन्ड फइनान्स, आँखु खोला जलविद्युत कम्पनी, अरुण कावेली पावर र जोश हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।

२० अंकभन्दा माथिले नेप्से बढ्दा पनि बुधबार व्यापार र जीवन बिमा समूहको उपसूचक भने घटेको छ । अन्य समूहको उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ समूहको उपसूचक १।९१ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकालगायत अघिकांश ठूला सहरमा जारी निषेधाज्ञाका बाबजुद पनि सेयर बजारमा भने उत्साह देखिएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप हुँदा समेत सेयर बजार उच्च अंकले बढेकोछ। सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री बाहिरने मिति नजिक आउँदै गर्दा पनि लगानीकर्ताले बजारमा लगानी बढाएको हुनसक्ने विश्लेषण हुन थालेको छ । जसले गर्दा बजारमा खरिद चाप बढेको छ । अर्कोतर्फ लकडाउनपछि केही समय सुचारु भएको व्यापार व्यवसाय बन्द हुँदा लगानीको विकल्पको रुपमा सेयर बजार मात्रै देखिँदा बजार परिसूचक सँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ ।

धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले धितोपत्र कारोबारमा प्रविधिको विकास गरी यसको पहुँच सबैमा पु¥याउन पहल गरेका कारण पनि यो क्षेत्रमा चहलपहल बढेको हो । बजारमा देखिएको उत्साहलाई हेर्दा लगानीकर्ताहरु पछिल्लो समय शेयर बजारमा सक्रिय हुने क्रम बढ्दो क्रममा रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्