निषेधाज्ञाकाबीच नेप्से सुधारको बाटोमा , करिब १ अर्ब ८६ करोडको कारोबार
काठमाडौं, भदौ ९ । यो साता लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से तेस्रो दिन मंगलबार भने एकल अंकले बढेको छ । नेप्से आज मंगलबार पनि नौ दसमलव ३४ अंकले बढेर १४ सय ४० दसमलव ९४ बिन्दुमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले बढेर दुई सय ९३ दसमलव ९७ बिन्दुमा चढेको छ ।
एक सय ८९ कम्पनीहरुको २४ हजार एक सय एक वटा कारोवारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री कारोवार रकम एक अर्ब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये तीन वटा समुहको सुचक घटेकाछन भने बाँकी नौ वटा समुहको सुचक बढेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव दुुई अंकले बढेर ११ सय ९९ दसमलव ८७ बिन्दुमा चढेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दसमलव ८८ अंकले बढेर नौ सय ६३ दसमालव ७४ बिन्दुमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । बिकास बैंक, होटल र उत्पादनमुलक समुहको सुचक भने घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ६९ पैसाले बढेर छ सय ७२ रुपैयाँ पुगेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ५४ पैसाले घटेर एक सय ४३ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता छ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ७४ लाख पाँच हजार आठ सय ९८ रुपैयाँको कारोवार भएको छ ।काठमाडौं उपत्यकालगायत अघिकांश ठूला सहरमा जारी निषेधाज्ञाका बाबजुत पनि सेयर बजारमा भने उत्साह देखिएको छ ।
गत साताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुँदा समेत सेयर बजारमा लगानीकर्ताको मनोबल नखस्किँदा सेयर बजारमा उत्साह देखिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट संगठित संस्थाहरुले लाभांश घोषणा सुरु गर्दा समेत सेयर बजारमा उत्साह देखिएको हो ।
.कोभिड १९ ले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको लाभांश बाँड्न नसक्ने पुर्वानुमान विपरीत अघिल्लो वर्षको तुलनामा केही ह्रास भए पनि बैंक तथा वित्तीय संस्थाहहरुले बोनस सेयर वितरण गर्नसक्ने देखिँदा पनि सेयर बजारमा उत्साह देखिएको हो ।
यसका साथै सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री बाहिरने मिति नजिक आउँदै गर्दा पनि लगानीकर्ताले बजारमा लगानी बढएका छन् । जसले गर्दा बजारमा खरिद चाप बढेको छ । अर्कोतर्फ लकडाउन पछि केही समय सुचारु भएको व्यापार व्यवसाय बन्द हुँदा लगानीको विकल्पको रुपमा सेयर बजार देखिँदा बजार परिसूचक सँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्