राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा उपेन्द्र कोइराला नियुक्त

काठमाडौं, भदौ ९ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई सोमबार सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारी स्वामित्वको वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा प्राडा। उपेन्द्र कोइरालालाई नियुक्त गरेका हुन्।

बैंकको अध्यक्ष पद पनि खाली छ। तर सञ्चालकहरुमध्ये एक जना अध्यक्षको छनोट हुनेछ। यसअघि अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा नियुक्ति दिएपछि उक्त पद खाली छ।

बैंकको सञ्चालकमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा धनिराम शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्राडा माधवप्रसाद दाहाल रहेका छन्।

सोमबार नियुक्ति पाएका प्राडा उपेन्द्र कोइराला अध्यक्षका प्रमुख दाबेदर देखिएका छन्। उनी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पनि हुन्।शुक्रबार कोइरालालाई सञ्चालक नियुक्त गरिएको हो। सोमबार नियुक्तिको पत्र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा पुगेको छ।

पत्र पुगेपछि बैंकले बुधबारका लागि सञ्चालक समितिको बैठक डाकेको छ। बैठकले कोइरालालाई सञ्चालक समिति अध्यक्ष चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्