ओली-दाहाल छलफल सकियो, डाक्यो शनिबार सचिवालय बैठक

काठमाडौं, भदौ ९ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच करीब दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो।छलफलमा विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले भदौ १३ गते सचिवालय बैठक बोलाएको छ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाब दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न ओली र दाहालबीच भेट भएको थियो । पार्टीका दुई अध्यक्षबीच दुई घन्टा लामो छलफल सकिएको र भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

उनका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि भदौ १ गते बसेको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको थियो । कार्यदल अनुमोदन गर्दै बैठकमा कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमति बनेको थियो ।

सुरुमा ओली र दाहालले मात्र कार्यदल बनाएकोमा सचिवालयका सदस्यहरू असन्तुष्ट थिए ।थापाका अनुसार, नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन बैठकको प्रमुख अजेण्डा हुनेछ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।नेकपामा मध्य असारदेखि तीव्र बनेको शक्ति संघर्षले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको थियो। संघर्ष चर्कंदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने दबाब बढेको थियो।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्