आज पनि शेयर बजारमा उछाल, कारोबार २ अर्ब भन्दा माथी

काठमाडौं, ८ भदौ । साताको पहिदो दिन दोहोरो अंकले बढेको शेयर बजार सोमबार पनि २१ अंकाले बढेको छ । बढ्दो क्रममा रहेको बजारमा कोराार रकममा पनि वृद्धि भएको छ ।
नेप्से सूचक सोमबार २१.११ अंकले बढेर १४३१.४५ विन्दुमा आइपुगेको छ । १८२ कम्पनीको २ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख २४ हजार २८९ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९०५ ले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ २.२५५ ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स परेको छ नेप्से सूचक र कारोबार रकम दुवैमा बढोत्तरी आएपछि सर्वसाधारण लगानीकर्ताहरु थप उत्साहित पनि बनेको छ । लामो समयदेखि बजार गतिहीन जस्तै बनेको थियो । बजार खासै माथि पनि जान नसक्ने अनि धेरै तल पनि नझर्ने अवस्था बनेको थियो । अब शेयर बजार माथितिरै लाग्छ भनेर बजारमा विश्लेषणहरु भएका पाइन्छ ।

कोरोना संक्रमण्म, लामो समयसम्म लगानीमा अन्यौलता र वित्तीय संस्थाहरुमा पैसा थुप्रिंदा बजार माथि जान सहयोग पुगेको विश्लेसकहरु बताउँछन् । । बैंकमा ब्याजदर सस्तो हुँदै गएको छ भने अर्कोतिर बैंकहरुले पनि अन्यत्र क्षेत्रमा खासै लगानी गर्न सकिरहेका छैनन् । यसले सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । यसबाहेक निरन्तर घट्दा बजारमा सूचीकृत कम्पनीहरुको सेयर भाउ पनि क्रमशः सस्तो हुँदै गएको थियो । यही मौकामा लगानीकर्ताहरु आकर्षित भएको अनुमान छ ।
कोरोनाका कारण भने कपितय लगानीकर्ता संशकित बनेका थिए । कोरोना र यसका कारण जारी लक डाउनले पनि लगानीकर्तालाई ढुक्क हुन दिएको थिएन । तर अब विस्तारै यो त्रास पनि कम हुँदै जान थालेको अनुमान गरिएको छ । तर यसको अर्थ बजार निरन्तर बढ्छ भन्ने चाहिँ होइन । घटबढ बजारको नियम हो । यसर्थ, यस पक्षलाई ख्याल गरेर लगानीकर्ता अघि बढ्न सक्नुपर्छ । जोखिम बहन गर्न सक्ने क्षमतामा ध्यान दिनुपर्छ । लगानी गरिने कम्पनीहरुको समग्र वित्तीय सूचकहरु अध्ययन गर्न आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्