स्वास्थ्यकर्मीमाथिको दूर्व्यवाहारप्रति तरुण दलको आपत्ति, कारबाहीको दायरामा ल्याउन माग

 

काठमाडौं , भदौ ८ । नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति आपत्ति जनाएको छ ।तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।

कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्