कोरोना त्रास : बानेश्वरमा धम्कीसहित स्थानीयले गरे डाक्टर–नर्स बसेको घर घेराउ

काठमाडौं, भदौ ६ । यति बेला विश्व नै कोरोनाको मारमा परेको छ । यसरी विश्वभर फैलीएको कोरोनाले आधिकाशं मानिसले ज्यान गुमाउन परेको छ । यति मात्रै होइन देश नै लकडाउनमा छ । यसरी बिरामीको चाप बढिरहदा सबै भन्दा ब्यस्त र मारमा स्वास्थ्यकर्मी छन् । विभन्न ठाउँमा भाडा लिएर बसेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने गरिएको पनि पाएको छ ।

स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ । सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न आग्रह गर्दै आएको छ भने यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको छ ।

तर यता राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् ।शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ ।

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए । रानाले बिहानको घटनापछि आफू निकै नै मानसिक तनावमा रहेको बताएका छन् ।उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भगवान सम्झेर ढोग्नुको साटो उल्टै अपमान गर्दा कस्तो मनोबल होला त ? यो तपाइ हामीले बुझन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्