नेकपा अध्यक्षद्वयलाई कार्यदलले बुझायो प्रतिवेदन, होला त विवाद समाधान ?

काठमाडौं, भदौ ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बनाएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएका छन् ।नेकपा भित्र पछिल्लो समय देखिएको विबाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपा अध्यक्षद्वयलाई आज बुझाएको हो ।

एकसाताको गृहकार्यपछि कार्यदलले विबाद समाधानको सुझाव सहितको प्रतिवेदन शनिवार अपरान्ह ४ : ४५ बजे नेकपाका अध्यक्षद्वयलाई बुझाएको हो । स्रोतका अनुसार प्रतिवेदनमा कार्यदलका सबै सदस्यको सहमति छ ।शनिवार   प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिवारनै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ ।

कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको हो ।गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो ।

सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमहमता पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए । कार्यदलको बैठक बिहीबारयता बस्न सकेको थिएन ।

शुक्रबार नै टुङ्गिन बाँकी विषयमा सहमति जुटाएर प्रतिवेदनको रूप दिने तयारी गरिएको भए पनि कार्यदलका सदस्य भीम रावल बाढीग्रस्त क्षेत्र अवलोकन गर्न गृहजिल्ला जानुपरेकाले बैठक बस्न सकेका थिएन ।

प्रतिक्रिया दिनुहोस्