नेकपा नेता माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि, परिवारका सदस्यहरुको रिपोर्ट यस्तो छ

काठमाडौं , भदौ ६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीका चालकसहित सुरक्षाकर्मी गरि ९ जनामा कोरोना पुष्टि भएको हो ।

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमित सबै अहिले आइसोलेसनमा रहेका गौतमले जानकारी दिए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

प्रतिक्रिया दिनुहोस्