महोत्तरीमा भयो एकै रातमा  ६ लाख रुपैयाँ बराबरको चोरी

काठमाडौं । महोत्तरीको गौशालामा मंगलबार राति ६ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

गौशाला नगरपालिका–२, निगौलका मोहन महतो र सन्तु महतोको घरबाट ४ लाख नगद, ६ थान मोवाइल, आधा किलो चाँदी, चार तोला सुन गरी ६ लाख बराबरको चोरी भएको हो ।

चोरले मोहनको घरमा ताला फुटाएर र सन्तुको घरमा दैलोको कब्जा उप्काएर चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्