देशभरी बढ्दै कोरोना संक्रमण, सेरोलजिकल टेस्टको तयारी

काठमाडौं , भदौ ३ । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो । संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेले बताए ।

कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए । सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् रु कस्तो अवस्थमा छरु’ भन्ने कुरा पत्ता लगाउने बताए ।

तथ्याङ्क विभागले जनसंख्याको सर्वेक्षण गर्न प्रयोग गर्ने विधिअनुसार नै नमुना संकलन गरिने उनले बताए । उनले भने, ‘सर्वे मनगणन्ते रुपमा जहाँ केसहरु धेरै छन्, त्यहाँबाट लिउँ भन्ने हुँदैन । सिस्टममा हुने प्रकृया हो । त्यसले कहाँनिर पर्छ त भन्ने तरिकाले गर्ने हो । जहाँ निर धेरै केस छन त्यहाँ गरेर यसको महत्व हुँदैन यसलाई सबैको प्रतिनिधित्व हुने गरी गर्नुपर्छ ।’’

कालाजार, डेङ्गी र मलेरिया लगायतका महामारीको परीक्षणका लागि समेत प्रयोग हुने उक्त विधि कोरोना संक्रमणको जोखिम कति भनेर अध्ययन गर्न प्रयोग गर्न लागिएको हो । ९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उनले बताए । परीक्षणपछि कुनै व्यक्तिमा संक्रमण पहिले र अहिले छ कि छैन भन्ने कुरा यसले पत्ता लगाउने डा।पाण्डेले बताए ।

परीक्षणपछि समुदायमा कोरोना छ कि छैन रु कहिले देखि नेपालमा आएको होला रु कहिलेसम्म रहन्छ रु भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उनले बताए । पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु संकलन गर्न सहज भएपनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उनले बताए ।

उनले संक्रमणको अवस्था बढ्दै गएको सन्दर्भमा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरे । रोगसँग डराएर सधै लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उनले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए । यसैबीच काठमाडौं उपत्यकामा बुधबार आज रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्