यस्तो छ, आँखुखोला जलविद्युतको वित्तिय विवरण

काठमाडौं, २ भदौ । धादिङ्गको रिङने–लपाङ्गमा)मा अवस्थित आँखुखोला जलविद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सानीलाई केहि हदसम्म घटाएको छ । यस अवधिमा कम्पनीले २३ लाख ५६ हजारु रुपैयाँ नोक्सानी घटाएको हो । यद्दपि, असार मसान्तसम्म कम्पनी अझै ३ करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको यही बेला आँखुखोला ३ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । असार मसान्तसम्म आइपुग्दा आँखुखोलाले विद्युत बिक्रीबाट २२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो वर्ष यसले विद्युत बिक्रीबाट २० करोड ४४ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष यसको जगेडा कोष २२ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । चैत मसान्त सम्म यसको प्रतिसेयर ३ रुपैयाँ ८८ पैसा नोक्सानमा रहेको छ । प्रतिसेयर नेटवर्थ पनि ६७ रुपैयाँ ६४ पैसा मात्र देखिन्छ ।
कम्पनी विस्तारै प्रगतिपथमा लम्कदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्