कोराना संक्रमणबाट तनहुँ र नेपालगन्जका एक/एक जनाको मृत्यु

काठमाडौं, २ साउन । कोराना संक्रमित बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमित तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीय महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा.पदम खड्काले जानकारी दिए ।

डा. खड्का अनुसार क्रिटिकल अवस्थामा ल्याइएको र स्वाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।

अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्