प्रधानमन्त्रीलाई प्रतिपक्षको ३ ध्यानाकर्षण….

काठमाडौं १ भदौ । पछिल्लो राजनीतिक अवस्था र कोभिड १९ को संक्रमण लगायत विषका बारेका छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा सोमबार भएको भेटवार्तामा संवैधानिक नियकायहरुको भएको रिक्त पदको नियुक्ति, कोभिड १९ लगायतका विषयहरुमा छलफल भएको स्रोतले जनाएको छ । पछिल्लो पटक प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता देउवासंग पटक पटक भेट हुँदै आएको छ् ।

भेटमा काँग्रेस सभापति देउवाले शुरुमै जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बुझिएको छ ।

जसअनुसार सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन भन्दा बढी जनताको ज्यान जानुका साथै कयौँ बेपत्ता भएको घटनामा देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्नु सरकारको को कमजोरी रहको औल्याए । यो ध्यान नदिनु अत्यन्तै दुःखद भएको देउवाको भनाइ छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भन्दै देउवा प्रधानमन्त्रीलाई ले प्रश्न गरेका थिए ।

साथै देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको तर सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न देउवाले आग्रह गरेको पौडेलले जानकारी दिए ।

यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको र संक्रमण तीब्र गतिमा बिस्तार भएको भन्दै देउवाले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार असफल रहेको देउवाले बताएका छन् । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार गम्भीर हुनुपर्नेमा सभापति देउवाले जोड दिए ।
यसैगरी त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेको, निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएको, प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका कतिपय विद्यार्थीलाई थुनामा राखिएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री समक्ष तीन बुँदे ध्यानाकर्ष: 

१) सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु(याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२, कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?

३, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्