सेयर बजारमा निरासा, १७ अंकले घट्यो, १ अर्ब २६ करोडको कारोबार
काठमाडौं , साउन ३२ । साताको पहिलो दिने सेयर बजारमा निरासा देखिएको छ । कारोबार खुलेदेखि नै आरालो लागेको सेयर बजार परिसूचक नेप्से १।२३ प्रतिशतले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिएको कोभिडको असर सेयर बजारमा पनि देखिएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूमा अधिकाम्स बैंकहरूमा प्रोभिजन बढाउँदा नाफामा आएको गिरावटले वाणिज्य बैंक र विकास बैंकहरूको सेयर मूल्य घटेको छ । बैंकहरूको नाफा घटेको प्रभाव सेयर बजारमा पनि देखिएको हो ।
बजार परिसूचक नेप्से १७।३३ प्रतिशतले घटेर १३९१.४६ अंकमा बन्द भएको । बजार परिसूचक नेप्सेसँगै आइबार सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स ४।९८ अंकले घटेर २८८.८६ अंकमा बन्द भएको छ । नेप्सेमा आइतबार १८५ कम्पनीको ८३ लाख ७१ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड ९३ लाख २१ हजारको कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बिमा कम्पनीको ७ करोड ७१ लाख ११ हजार रुपैयाँबराबरको सेयर किनबेच भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक र कुमारी धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।
बजारमा आइतबार लगानीकर्ता अन्य वाणिज्य बैकप्रति निरास हुँदा पनि नेपाल बैंकमा भने लगानीकर्ताको आकर्षण बढेको छ । बैंकको सेयर मूल्य ४.७८ प्रतिशतले बढेर २८५ रुपैयाँ पुगेको छ भने आइतबार नेप्सेमा बैंकको सेयर नै सवार्धिक कारोबार भएको छ । आइतबार नेप्सेमा नेपाल बैंकको ८ करोड १४ लाख १९ हजारबराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्