नेसनल माइक्रोफाइनान्सले कति कमायो नाफा ?
काठमाडौं, ३२ साउज । नेसनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण निकाले छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार ७ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३९.२०५ ले कम हो । अघिल्लो वर्ष यस कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी ३.३२५ ले बढेर २७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले २६ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा २० करोड रुपैयाँबाट घटेर १२ करोड ६८ करोडमा खुम्चिएको पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड १५ लाख रुपैयाँ अर्थात ३९।२० प्रतिशत कम हो। लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउनु पर्दा खुद नाफा घट्न पुगेको हो।
असार मसान्तसम्ममा १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको नेसनलले ४ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा अनुपात १.४३५ बाट बढेर २.२८५ पुगेको छ । हाल यसको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने २१ करोड ९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ २७ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ८८ पैसा छ ।















प्रतिक्रिया दिनुहोस्