बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन (निर्देशन पत्रसहित)

काठमाडौं, २८ साउन । वित्तिय संस्थाहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकले कोराना भाइरस (कोभिड १९)को संक्रण्म र मानव सस्थ्यलाई मध्जनर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न १४ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले कोभिड १९ को संक्रमण दिन दिनै बढ्दै गएकोले कर्मचारी एवम सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्युनतम बैंकिङ सेवा सुचारु राख्नको लागि निर्देशन दिएको हो ।

राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा दिननुनदिन कोरोना प्रभावितको संख्या बढीरहको र सक्रिय संक्रमित बढ्दै गएकाले उपत्यकामा ५० प्रतिशत कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ । बाँकि कर्मचारीलाई घरबाट नै काम गर्ने ब्यबस्था मिलाउन राष्ट्र बैंकले संस्थाहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले सबै प्रकारका गोष्टि, बैठक, सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्य नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्भव भएसम्म व्यक्तिगत भेटघाट र सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न समेत निर्देशन दिएको छ । त्यस्तै राष्ट्र बैंकले आफ्नै खर्चमा कर्मचारीको पिसीआर परिक्षण गर्न समेत आग्रह गरेको छ ।

यस्तो छ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन पत्र: 

प्रतिक्रिया दिनुहोस्