बढ्यो जोखिम : कोरोनाबाट मृत्यु भएका ४ जना कुन-कुन ठाउँका?
काठमाडौं, साउन २९ । नेपालमा कोरोना संक्रमणका कारण ९५ जनाले ज्यान गुमाएका छन्। बिहीवार ४ जनाको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मृतक कुन ठाउँका ?
संक्रमणबाट मोहत्तरीका ४५ वर्षका पुरुषको साउन २५ मा रामजानकी अस्पतालमा निधन भएको छ। उनी क्षयरोग तथा मधुमेह रोगका बिरामी थिए।धनुषाका ८५ वर्षीया महिलाको साउन २८ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यस्तै, अछाम रामारोशनका १८ वर्षका पुरुषको पाटन अस्पतालमा साउन २८ मा निधन भएको छ। मृतक पुरुष मुटु रोगका बिरामी थिए।मोरङका ५७ वर्षका पुरुषको पनि साउन २८ गते कोशी अस्पतालमा विराटनगरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनी मधुमेहका विरामी थिए। यसअघि मन्त्रालयले बुधवार हालसम्मकै धेरै ८ जना संक्रमितको मृत्यु पुष्टि गरेको थियो।
बिहीवार ५ सय २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या २४ हजार ९ सय ९७ छ। संक्रमति सँगै नेपालमा दिनानुदिन मृत्यु हुनेको संख्या पनि बढ्दै जान थालेको छ । यस कारण आमसमुदायमा त्रास पनि पैदा भएको छ ।
नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्