ओली – प्रचण्डबीचको वार्ता सकियो, वार्ता समाधानउन्मुख

काठमाडौं, साउन २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकिएको हो।अध्यक्षद्वयबीच नौ दिनपछि भएको छलफल भएको हो ।

९ दिनको संवादहीनताको अवस्थापछि दुई नेताबीच आज भेट भएको हो। १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ ।“आजको भेटवार्ता सकिएको छ । छलफल समाधान उन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

ओली–प्रचण्डबीच गत साउन २० गतेपछि वार्ता हुन सकेको थिएन । दुई अध्यक्षसहित नेकपाका दुई खेमाबीचको विवाद सुल्झाउने सम्बन्धमा नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो। यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङले भेटेका थिए।

गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको संवाद रोकिएको थियो। त्यसयता ओलीले प्रचण्डसँगको संवादका लागि रुची देखाएका थिएनन्।आज जोडिएको वार्ता सकारात्मक बन्न पुगेको हो । हिजै एपी वन टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँचदिनभित्र निकास निकाल्ने बताएका थिए ।

ओली र प्रचण्डबीच केन्द्रित कुराकानीबारे विस्तृतमा नखुलाइए पनि विभिन्न विकल्पमा छललफल भइरहेको छ । पछिल्लो कुराकानीमा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले महाधिवेशन आयोजक कमिटी बनाएर जाने पनि एउटा विकल्प भएको बताएका छन् ।यसअघि दुई अध्यक्षको भेटबारे जानकारी दिँदै नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले ५ दिनमै सहमति हुने शृंखला बिहीबारबाटै सुरु भएको बताएका थिए।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्