राष्ट्र बैंकका कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् ।

उनको सम्पर्कमा आएका सबैको परिक्षण गरिने ती अधिकरीले जानकारी दिए ।सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ ।

स्थानीय तहको अनुमतिविना उपत्यका प्रवेश निषेध गरिए पनि नागरिकहरु लुकिछिपी उपत्यका भित्रिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्